ब्रेकिङ न्युज

Default Placeholder

२३ भदौ २०८२ 

काठमाडौं : 

आज राजधानी काठमाडौं लगायत देशभरी नै सरकारका कामहरु प्रती जेन-जी आन्दोलित हुदा देशभरमा अवस्था खराब रहयो ।  काठमाडौंमा माइतिघरबाट शुरु भएको आन्दोलन संसद भवन सम्म पुग्यो , देशभरमा सयौ जेन-जी बालबालिका घाइते भए दर्जनौले ज्यान गुमाएका छन । 

‘जेन जी’ पुस्ताको आन्दोलनमा भएको बर्बर दमन र १९ जना प्रदर्शनकारीको मृत्युपछि देशभर एकाएक शोकमय अवस्था सिर्जना भएको छ ।  आन्दोलन जेन-जी पुस्ता ( जो राजनितिक रुपमा कुनै राजनितिक दल वा संगठन सङ्ग आवद्ध नभएका ) को थियो । यो पुस्ताका युवाहरु अधिकान्श गरि विद्यार्थीनै छन । आन्दोलनमा प्रहरीले चलाएको रबर गोलि लागि विद्यार्थीहरुको ज्यान गए पश्चात् आन्दोलनमा सुरक्षा सयन्त्रको कमजोरीको कारण विद्यार्थीहरुको ज्यान गएको भन्दै चौतर्फी रुपमा विवाद बढिसकेपश्चात नैतिक रुपमा जिम्मेवारी लिएको भन्दै गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री समक्ष राजिनामा समेत बुझाएका छन । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: