कञ्चनपुर
कृषि प्रधान देश नेपालमा पछिल्लो समय आधुनिक कृषि तर्फ कृषकहरुको आकर्षण बढ्दो रुपमा रहेको छ । कञ्चनपुर जिल्लामा सबैको आकर्षणको रुपमा रहेको डार्गन फ्रुटको व्यवसायिक रुपमा उत्पादन शुरु गरेको पाईएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरको अनुदान तथा प्राविधिक सहयोगमा पछिल्लो वर्ष ३ जना कृषकहरु लाभान्वित भएका पाईन्छन । शुक्लाफाटा न पा ०९ का चक्र बहादुर सिंह भि न पा ०५ का रमेश बहादुर चन्द र विष्णु मन्दिर रोड तिलकपुरका कृषक राजेन्द्र बिष्टले पछिल्लो वर्ष कृषि ज्ञानकेन्द्र कञ्चनपुरबाट ड्रागन खेतिमा अनुदान पाएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सुचना अधिकारीले जानकारी गराएका छन ।
वैदेशिक रोजगारको लागि विदेश जानेको संख्या दिन प्रतिदिन बढ्दै गएको हाम्रो देशमा आफ्नै देशमा केहि गर्न सकिन्छ कि भन्ने सोच अबका दिनमा बनाउन जरुरी छ भन्दै करिब २५ बर्ष नेपाली सेनामा आफ्नो जिवन देशभक्तीमा समर्पण गरिसकेका राजेन्द्र बिष्ट हाल आधुनिक कृषि तर्फ आफ्नो समय व्यतित गरिरहेका छन ।
नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी लगायतका अरु समेत निम्न दर्जाका अवकाश प्राप्त कर्मचारीहरुलाई निवृतिभरणले परिवारका खर्च चलाउन गाह्रो अवस्था हुन्छ सरकारले आफ्नो जिवनको अमुल्य समय खर्च गरेर निवृत भएका कर्मचारीलाई बजेट भासणमा समेत सहानुभुति सम्बोधन गर्दैन जसको फलस्वरुप नेपालमा रोजगारी सक्काएर आनन्द संग घर परिवार संग बस्नु पर्ने सेना प्रहरीका निम्न दर्जाका कर्मचारीहरु भारत तथा खाडी मुलुकमा जान बाध्य समेत छन ।

