ब्रेकिङ न्युज

Default Placeholder

 

१९ भाद्र २०८२

बैतडी : 

शिक्षा बिकास तथा समन्वय इकाई बैतडीमा नेपाल शिक्षक महासंघ  केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार आन्दोलन परिचालन समिति बैतडीका संयोजक  गणेश सिंह भण्डारी सहित शिक्षकहरुको उपस्थितिमा  शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थी लाई विभिन्न मागहरु राख्दै ध्यानाकर्षण पत्र बुझाएका छन  ।

नेपाल शिक्षक महासङ्घले २०७५ साल, २०७८ साल र २०८० सालमा ठूलाठूला आन्दोलन गरी तिनै आन्दोलनका बलमा नेपाल सरकारसँग कमशः ३० बुँदा, ५१ बुँदा र ६ बुँदामा सहमती गरेको थियो। विगतमा भएका ती सबै सहमती समावेश गरी विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री ऐन जारी गरिनुपर्छ भन्ने मागमा २०८१-०८२ को आन्दोलन  ८९ दिन सम्म चलेको त्यस आन्दोलनको उत्कर्षमा २०८१ चैत्र २० गतेबाट २९ दिनसम्म काठमाडौं केन्द्रित शिक्षक सडक आन्दोलन सञ्चालन भएको थियो ।  आन्दोलनको बलमा २०८२ वैशाख १७ गते नेपाल सरकार र महासङ्घ बीच सहमती भयोर त्यस सहमती अन्तर्गत २०८२ वैशाख १७ गते नेपाल सरकार मन्त्रीपरिषले ९ बुँदे निर्णय गरेको थियो ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति एवम् सत्तारुढ प्रमुख पार्टी नेपाली काँग्रेस र नेकपा एमालेका संसदीय दलका माननीय प्रमुख सचेतकहरुले संयुक्तरुपमा विगतका समहतीलाई मध्ययनजर गरी २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गराउने लिखित प्रतिबद्धतामा हस्ताक्षर गरेका पश्चात सोही दिन नेपाल शिक्षक महासंघले चालु आन्दोलन स्थगन गरेको थियो । 

विगतका आन्दोलन निवृत्तीभरण प्रयोजनका लागि सम्पूर्ण अस्थायी अवधिको गणना नहुनु, म्याद सकिए‌का अध्यापन अनुमती पचको स्याद थाने कुरा नसमेटिनु, शिक्षकको विभागीय कार्बाहीको व्यवस्था सहमती अनुसार नगरिनु, विधद्यालय कर्मचारीको पदर बेतन सुनिश्चित नहुनु, बालकया शिक्षकको पद र सेवा सुविधा निश्चित नहुनु, संस्थागत विद्यालयका शिक्षकको सेवा, सुविधा र पेशागत सुरक्षाको उचित प्रवन्ध नगरिनु सहमती विपरित अन्यायपूर्ण र व्यवहारिक सरुकको व्यवस्था ल्याइनु, शिक्षक दरबन्दी मिलान र व्यवस्थापनमा सहमती बमोजिन प्रवन्ध नगरिनु,  सोझे प्राथमिक द्वितीय र निम्नमाध्यमिक वित्तीय नियुक्त भएका शिक्षकको पद कमरा निम्न माध्यमिक र माध्यमिक तहमा समायोजनको व्यवस्था नहुनु लयायतका आफ्ना मागहरु सरकारले पूरा गर्न आवश्यक पहल चाल्नुपर्ने भन्दै शिक्षकहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: