ब्रेकिङ न्युज

Default Placeholder

कंचनपुर , ११ भदौ 

आज महेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै निजी तथा आवासीय विद्यालय सञ्चालक संघहरूले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोधमा आन्दोलन कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल मोन्टेसरी एसोसिएसन, अपेन, हिसान, प्याब्सन र नेसनल प्याब्सनले संयुक्तरूपमा भदौ ११ गतेको १ बजे देखि देशभरका हरेक जिल्ला सदरमुकाममा सर्वपक्ष उपस्थिति गराई आफ्ना मुद्दाका विषयमा अन्तरक्रिया गर्ने र उपत्यकामा बृहत अन्तरक्रिया राख्ने तथा भदौ १२ गते ११ बजे देशभर विद्यालय बन्द हुने सम्मका अल्टिमेटम दिएर सबै जिल्लाका जिल्ला प्रशासन अगाडी कोणसभा गर्ने र जानकारी पत्र दिने कार्यक्रमहरु सार्वजनिक गरेका छन ।

संयुक्त रुपमा अघि सारिएको आन्दोलनमा कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरुलाई  “गैर–नाफामुखी” बनाउदै लगिने भन्ने प्रावधान हटाउनु पर्ने तथा पुर्ण छात्रवृति भन्ने शब्द हटाउनु पर्ने लगायतका विभिन्न माग सहित शिक्षा विधेयकमा रहेका विभिन्न प्रावधान जुन जनताका हितमा भएपनि नाफा कमाउनको लागि सञ्चालनमा रहेका विद्यालयहरुका लागि भने हितमा छैनन ती बुदाहरु फेरबदल हुनुपर्ने मागहरुको लागी निजी विद्यालयसंग सम्बन्धित संगठनहरु आन्दोलनमा आएका हुन ।  

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: