१२ असोज २०८२
युएईमा शुरु भएको युनिटी कप टी२० क्रीकेट प्रतियोगितामा नेपालले वेष्ट-इन्डिजलाई १९ रनले पराजित गरेको छ । यसअघि, वेस्ट इन्डिज विरुद्धको शृंखलाको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा १४८/८ मा सीमित भएको थियो। पावरप्लेमा ३४ रनमा दुई विकेट गुमाएको नेपाल संघर्षरत रह्यो। रोहित पौडेलले ३५ बलमा सर्वाधिक ३८ रन बनाए भने कुशल मल्ल, गुलशन झा र दीपेन्द्र सिंह ऐरीले पनि सम्मानजक स्कोरको लागि आफ्नो सक्दो योगदान दिए ।
यद्यपि वेष्ट इन्डिजका अनुभवी अलराउण्डर जेसन होल्डरले आफ्नो कोटाको ४ ओभर बलिङ गर्दै ४ विकेट लिए भने युवा नवीन बिदाईसीले २९ रन खर्चिदै ३ विकेट लिदै नेपालको ब्याटिङ अर्डरलाई ध्वस्त पारे, जसले गर्दा उनीहरूले नेपाललाई सामान्य योगफलमा रोक्न सफल भए ।

१४९ रनको सामान्य लक्ष्य पाएको दुई पटकको विश्व विजेता टीम युवा तथा अलराउण्डरले भरिएको टीमको बलिङ र फिल्डिङ अगाडि झुक्न बाध्य बन्यो । उसका लागि नेपालको बलिङ सटीक थियो, ७ बलरले यो ऐतिहासिक जितमा योगदान दिए। सोमपाल कामी बाहेक, प्रत्येक बलरले विकेट लिए। कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २/१७ लिए, जबकि नन्दन यादव, करण केसी, ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले प्रत्येकले एक-एक विकेट लिदै वेष्ट इन्डीजको जितको आशा तोडेका थिए ।
वेष्ट इन्डिजलाइ १२९ रनमा रोक्दै युनिटी कपको पहिलो खेलमा नेपालको इन्डिजलाइ १९ रनले पराजित गरेको हो । खेलमा अलराउण्ड खेल देखाएका कप्तान रोहित पौडेल म्यान अफ द म्याच घोषित भए ।
