ब्रेकिङ न्युज

Default Placeholder

०८ भदौ २०८२ 

कंचनपुर : 

महाकाली नदिमा  पानीको सतह  बढदा  नदिमा अवस्थित बनबसा पुलमा चारपाङ्ग्रे सवारी साधन बन्द गरिएको छ । नेपाल-भारत सिमामा रहेको बनबसा पुल नियमित रुपमा बिहान ६:०० देखि ८ :०० सम्म  , १०:०० देखि १२ :०० सम्म दिउसो २:०० -०४ :०० सम्म र साझ ६:०० -०७:०० सम्म खुल्ने भएतापनी वर्षायामको समयमा बेला बेलामा नदिमा पानीको सतह बढदा  चार पाङ्ग्रे सवारी साधनहरु बन्द गरिने गरेको छ । आज पनि ११:०० बजेबाट १ लाख १० हजार क्युसेक पानीको सतह पुगेपछी चारपाङ्ग्रे सवारी साधन आवत जावतमा रोक लगाइएको हो  । 

नेपाल भारत आवत जावत गर्ने सिमाहरुमा सुदुरपश्चिमको सबै भन्दा बढी मानिसहरु आवत जावत गर्ने सिमाको रुपमा यो नाकालाइ चिनिन्छ । पानीको मात्रा बढदा चारपाङ्ग्रे सवारी साधनमा रोक लगाएपनी दुई पाङ्ग्रे सवारी साधन तथा पैदल यात्रा गरि भने पुलमा आवत जावत गर्न खुला रहेको भारतबाट नेपाल आउदै गरेका एक जना यात्रुले जानकारी गराएका छन । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: