०४ जेठ २०८२

महेन्द्रनगर

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य हेल्पडेस्कले चेक जाचँ गर्दा एक जना एन्टीजेन्ट पोजेटिभ आएको छ। नाकामा लक्ष्यणको आधारमा एन्टिजेन्ट चेक गरिएका ५ जना मध्ये १ जनाको एन्टिजेन्ट पोजेटिभ आएको हो ।

भारतको  हल्द्वानी क्षेत्रमा रोजगारीको सिलसिलामा रहेका व्यक्ती घर फर्किरहेको समयमा गड्डाचौकी नाकामा चेकजाचँ गर्दा एन्टिजेन्ट पोजेटिभ आएका हुन । गड्डाचौकी नाकामा निज व्यक्तिमा लक्षण देखिएपछि चेक जाचँ गरेको र चेक जाचँ क्रमका संक्रमण देखिएपश्चात निजलाई महाकाली प्रादेशिक अस्पताल पठाइएको गड्डाचौकी हेल्प डेस्कका कर्मचारीले जानकारी गराएका छन ।

सुदुरपश्चिमका विभिन्न नाकामा गत महिनाको २१ गते देखि आज सम्म २३ जना संक्रमित देखिएका छन जसमध्ये १६ जना  निको समेत भईसकेका प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले आफ्नो फेसबुक पेज मार्फत जानकारी गराएको छ ।