ब्रेकिङ न्युज

Default Placeholder

२० जेठ २०८२

कञ्चनपुर :

आज अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारतिय प्रिमियर लिगको फाईनल खेलमा रोयल च्यालेन्जर्स बेङलोर र पंजाब किङ्गस एक आपसमा भिडदै छन । दुवै टिमलाई फाईनल खेलेको अनुभव भएपनि फाईनल जितेको अनुभव भने यस वर्ष नयाँ हुनेछ । सन २००८ देखि शुरु भएको लिग विश्व प्रख्यात हुदा सम्म भारतिय क्रिकेट बोर्ड सफल उदारहणको  रुपमा समेत हेर्ने गरिएको छ ।

बेङलोरले हाल सम्म सन २००९, २०११ र २०१६ गरि ३ वटा मुख्य चार मध्येका खेल खेलिसकेको छ भने पंजाब यस अगाडी सन २०१४ मा फाईनल खेलको अनुभव लिएको थियो । मुम्बई ईन्डियन्सलाई पंजाबले हराए संगै दुई टीम मध्ये जुन टिमले फाइनल जिते पनि आईपिएलले नयाँ विजेता पाउने भन्ने पक्का भएको छ ।

विराट कोहली स्टारर बेङलोरले यसपाली ट्रफी जित्दै आफु माथि ट्रफी नभएको दाग मेटाउन चाहन्छ भने जुन सुकै टिमको कप्तानी गरेपनि टिमलाई राम्रो स्थानमा पुगाउन सक्षम कप्तानको रुपमा परिचित कप्तान श्रेयस अय्यर समेत यस भन्दा अगाडीको आईपिएलमा कोलकतालाई ट्रफि जिताएका कप्तान हुन उनले आफ्नो कप्तानीमा दिल्लीलाई समेत फाईनल पुगाईसकेका छन ।

बेङलोरका कप्तान रजत पाटिदार भने आईपिएलको फाईनल खेलमा कप्तानी गरेको पहिलो अनुभव भए पनि भारतिय टोलीका पुर्व कप्तान विराट कोहली को प्रत्यक्ष निगरानीमा उनी कप्तानी गर्दै देखिने छन ।

पंजाबका कप्तान तथा क्रिकेटर श्रेयस अय्यर समेत यो ट्रफी जितेर भारतिय क्रिकेट एसोसियसनले आफुलाई टेष्ट तथा टि२० क्रिकेटमा टिममा नराखेकोमा BCCI संग आफु योग्य भएको तथा कमिटीले आफुसंग अन्यौल गरेको भारतिय जनतामा  देखाउन चाहन्छन ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: