२१ जेठ २०८२
भारतिय प्रिमियर लिग आईपिएलको पंजाब र बेङलोर बिच भएको फाइनल खेलमा ६ रनले जित निकाल्दै रोयल च्यालेन्जर्स बेङलोरले पहिलो पटक आइपिएल ट्रफी जितेको छ । टीममा एक भन्दा एक स्टार खेलाडीहरु हुदा समेत ट्रफी नजितेको बेलोर सन २००८ देखि ट्रफी विहिन स्टार टीम भनेर समेत चिनिन्थ्यो ।
विराट कोहलीले अन्तर्राष्ट्रिय टी२० तथा टेष्ट क्रीकेटबाट सन्यास समेत लिइ सकेका बेला उनको आफ्नो फ्रेन्चाइजीको लागि ट्रफी जित्ने सपना साकार भएको छ । विराटको सपना साकारमा महत्त्वपूर्ण भुमिका भने आरसिबीका अलराउण्डर कुर्णाल पाण्ड्याको रहयो उनले खेलको महत्त्वपूर्ण समयमा ४ ओभर बलिङ्ग गर्दै १७ रन खर्चेर २ विकेट लिएका थिए ।
१९१ रनको लक्ष्य पाएको पन्जाबको मध्य ओभरमा रन नबन्नु तथा लगातार विकेटको क्षतिनै ठूलो गल्ती हुन पुग्यो भने कप्तान श्रेयस अय्यर १ रनमै आउट हुदा आरसिबीको सपना पूरा हुने सम्भावना बढेको थियो । पन्जाबको लागी ससांक सिंहले ६१ रन बनाए पनि उनलाई साथ दिने कुनै पनि अर्को ब्याटरले राम्रो खेल्न नसक्दा २० ओभरमा १८४ रनमा पारी समाप्त हुदा पन्जाब ६ रनले पराजित भएको हो ।
