बैतडी
पाटन नगरपालिकाले तना शाही तरिकाले सिद्देश्वर माध्यमिक विद्यालय हुक्केडाडालाई स्पष्टीकरण सोधेको छ । स्पष्टीकरणमा विद्यालयले नगरपालिकाले प्रकाशित गरेको स्थानीय सरकार सञ्चालन पात्रोको कार्यक्रम अनुसार काम गर्न नसकेको भन्दै नगरपालिकालाई नै दोषी ठहर गरेको स्पष्टीकरण पत्र पठाएको छ ।नगरपालिकाले नगर कार्यपालिकाको निर्णय (सात दिन) अगावै किन वार्षिक परीक्षा गराएको भनेर विद्यालयलाई स्पष्टीकरण सोधेको थियो । विद्यालयले पनि नगरपालिकाका कुनै पनि विद्यालयसङ कोर्डीनेसन नगरी कुनै व्यक्तिको स्वार्थ सिद्धको लागि एकलौटी ढङ्गले नगरपालिका लेनै प्रकाशित गरेको स्थानीय सरकार सञ्चालन पात्रोको समयलाई लत्त्याएर निर्णय गरेको स्पष्टीकरण पत्रमा उल्लेख छ ।
स्पष्टीकरण पत्रमा परीक्षा के-कति कारणले पछाडि सारिएको भन्ने प्रस्ट नभएकाले बैठक भन्दा पनि स्थानीय सरकार सञ्चालन पात्रो योजना नै महत्त्वपूर्ण ठानी परीक्षा तोकिएको समयमै सञ्चालन गरेको स्पष्ट पारेको छ । साथै परीक्षामा प्रश्न पत्र विद्यालय लेनै तयार पार्ने हुँदा परीक्षा अगाडि गर्दा पनि कसैलाई समस्या नहुँदा पनि परीक्षा अगाडी नै गरिएको उल्लेख गरिएको छ ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम भाट र प्रधानाध्यापक प्रकाश सिंह महाराको हस्ताक्षरित स्पष्टीकरण पत्रमा सरकारकै कार्य योजना कार्यान्वयन गर्दा पनि किन विद्यालयलाई नै स्पष्टीकरण सोधेको र के स्थानीय सरकारमा कसै अरूको हस्तक्षेप छ की ? भनी नगरपालिकालाई प्रश्न समेत गरिएको छ । साथै पत्रमार्फत नगरपालिकालाई आफैले निर्माण गरेको स्थानीय सरकार सञ्चालन पात्रो अध्ययन गर्न समेत अनुरोध गरिएको छ ।
कार्यपालिकाको निर्णय अनुसार विद्यालयमा एकरूपता ल्याउनुको लागि स्पष्टीकरण सोधेको शिक्षा शाखा प्रमुख ललित पाण्डेले बताउनु भयो । “अरू विद्यालयले कार्यपालिकाको निर्णय अनुसार गर्न सक्ने त्यो विद्यालयले मात्र अगाडि किन गर्नु परा होला’, उनले भने । अरू विद्यालयले कोर्ष नसकेकाले कार्यपालिकाले चैत्र १० गते परीक्षा गर्ने निर्णय गरेको हुनुपर्छ । बाकी किन निर्णय गर्यो भन्ने कुरा कार्यपालिकालाईकै थाहा होला ।”
कार्यपालिकाको निर्णयको एक हप्ता अगाडि चैत्र ३ गते र नगरपालिकाको स्थानीय सरकार संचालन पात्रो अनुसार नै विद्यालयले परीक्षा गराएको वि व्य स अध्यक्ष प्रेम भाटले बताउनु भयो । नगरपालिकाले विद्यालयमा विद्यार्थीअनुसार तह घटाउने, बढाउने, स्थायी शिक्षकहरूलाई मात्र विद्यालयको प्रअ बनाउने निर्णय गरे पनि कार्यान्वयन गर्न नसक्ने र विभिन्न बहानामा विद्यालयलाई तर्साउने, डराउने धम्काउने काम गरिरहेको अध्यक्ष भाटले गुनासो गरे । विद्यालयले दुई वर्षदेखि राष्ट्रपति रनीङ शिल्ड प्रतियोगिता गराएको पैसा समेत नदिएको विद्यालयले जनाएको छ ।
आफू हाजिर भए लगत्तै शाखा प्रमुखले हस्ताक्षर गरेर ल्याएको पत्रमा आफूले पनि हस्ताक्षर गरिदिएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्टले बताउनु भयो । तर वोर्ड परिक्षा नभएकाले स्पष्टीकरण सोधिनु पर्नेकै थिएन किन सोधेको होला म बुझौला । प्रमुख प्रशासकीय अधिकृत विष्टले भने ।
शिक्षामा गुणस्तरीय ल्याउन सिन्को भाँच्न समेत नसक्ने र आफूले गरेका निर्णयहरु कार्यान्वयन गर्न नसक्ने नगरपालिकाले जिल्लाकै शैक्षिक क्षत्रमा प्रगति गरिरहेको विद्यालयलाई अनावश्यक रूपमा टर्चर दिइरहेको सरोकारवालहरू बताउँछन् । सरकारद्वारा प्रकाशित गरेको स्थानीय सरकार सञ्चालन पात्रो अनुसार परीक्षा गराउन नसकेका विद्यालयलाई सोधिनु पर्नेमा पात्रो अनुसार नै परीक्षा सञ्चालन गर्दा पनि किन गरिस् भनेर सोध्नु भनेको पूर्वाग्रही ढङ्गले सोधेको सरोकार वालाहरुको आरोप छ ।
