कंचनपुर, १९ भदौ २०८१
नेपाल सरकारको गृहमन्त्री भएपश्चात पहिलो पटक आफ्नो गृह जिल्ला पुगेका नेपाल सरकारका गृहमन्त्री माननीय रमेश लेखक दुई दिने कंचनपुर-कैलाली भ्रमणमा रहेका बेला कंचनपुर जिल्लाको विभिन्न स्थानहरुमा कार्यक्रममा पुगेका छन । धनगढीबाट कंचनपुर जिल्लाको पुनर्वास पुगी पुनर्वास नगरपालिकाको उद्योग वाणिज्य संघको हलमा बधाई ज्ञापन तथा कार्यकर्ता भेटघाट पश्चात् गृहमन्त्री लेखकले कञ्चनपुरकाे पुनर्वास स्थित दाेदा नदी कटान प्रभावित क्षेत्रकाे अनुगमन तथा निरिक्षण गरेका थिए ।


पुनर्वास नगरपालिका पछि बेलौरी नगरपालिकाको उद्योग वाणिज्य संघको सभाहलमा भेटघाट कार्यक्रम तथा कालिका मन्दिरको दर्शन गरी बेल्डाडी गाउ पालिकाको चउन्नी बजारमा स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सरिक माननीय गृहमन्त्री लेखकले बेलडाँडी गाउँपालिकाकाे चाैधरा नदीले कटान तथा डुबान गरेकाे क्षेत्रकाे निरिक्षण र अनुगमन गरेका थिए ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com


भिमदत्त नगरपालिकामा आज शुरु भएका कार्यक्रमहरुमा बिहान गृहमन्त्री लेखक बाट कञ्चनपुर जिल्लाका कार्यालय प्रमुखहरुलाई निर्देशन ,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कञ्चनपुरकाे नवनिर्मित भवनहरुकाे समुद्घाटन, कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेकाे स्वागत कार्यक्रम लगायत कञ्चनपुरको काङ्ग्रेस पार्टी कार्यालयमा भेटघाट कार्यक्रम सम्पन्न गरेका थिए ।


भिमदत्त नगरपालिकामा विभिन्न कार्यक्रम पश्चात् दोधारा चादनी नगरपालिका पुगेका माननीय गृहमन्त्री रमेश लेखकज्यूले इलाका प्रहरी कार्यालय दाेधरा चाँदनीकाे नवनिर्मित भवनकाे समुद्घाटन, दाेधरा चाँदनी नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुभारम्भ , दाेधरा चाँदनी नगरपालिकाकाे कुतियाकबर क्षेत्रमा जाेगबुढा र महाकाली नदीले कटान गरेकाे क्षेत्रकाे अनुगमन गर्नुका साथै स्थानीय नागरिक सँग डुबान तथा कटानकाे वस्तु स्थितबारे जानकारी लिएका थिए ।