सुदूरपश्चिम प्रदेश, बैतडी, ०९ असार २०८१

ने क पा एमाले निकट नेपाल किसान संघ बैतडीले दशरथचन्द नगरपालिकाका प्रमुख पुष्कर राज जोशीलाई २०८१/०८२ को लागी नीति तथा कार्यक्रममा कृषि क्षेत्र सङ्ग सम्बन्धित ३३ बुदे मागहरु राख्दै ज्ञापन पत्र बुझाएको छ ।
ने.क.पा. एमाले निकट सङ्गठनहरुले यस पुर्व समेत आउदै गरेको नीति तथा कार्यक्रममा स्थानिय तहका समस्याहरु राख्दै ज्ञापन पत्र बुझाउदै आएका छन ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

नेपाल किसान संघका प्रदेश उपसचिव बिष्णु दत्त पाण्डेय र सङ्गठनका बैतडी जिल्ला अध्यक्ष डम्बर बहादुर कुवर सहितको टोलीले कृषि सम्बन्धी नीति तथा कार्यक्रम बनाउदा सरोकारवाला सङ्गठनको अनिवार्य उपस्थितिमा गराइयोस , कृषि औजारहरुमा ९०% सम्म अनुदानको व्यवस्था गरियोस , निशुल्क कृषि बिमा गराउनु पर्ने लगायत ३३ बुदे मागहरु राखी नगर प्रमुख जोशीलाई ज्ञापन पत्र बुझाएका हुन ।