बैतडी, गोठालापानी – नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले आज दशरथचन्द नगरपालिका ०४, गोठालापानीमा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच जिल्ला कमिटी गठनको प्रस्ताव प्रस्तुत गरेको छ।

केही दिनअघि नेपाली कांग्रेसको केन्द्रीय कमिटीले बैतडी जिल्लाका युवा र ऊर्जावान नेता पुष्कर धानुकलाई जिल्ला अध्यक्षमा नियुक्त गरेको थियो। अध्यक्ष धानुकले विगतमा खेलाडीको रुपमा बैतडीबाट प्रतिनिधित्व गरिसकेका छन्, जसले उनलाई जिल्लाको खेलकुद क्षेत्रमा राम्रोसँग परिचित बनाएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

अध्यक्ष धानुकले जिम्मेवारी सम्हालेको केही दिनमै सम्पूर्ण जिल्लालाई समेट्ने उद्देश्यले २२ सदस्यीय जिल्ला कार्यसमिति प्रस्ताव गरेका छन्। उनले बैतडीलाई आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माउने थलोको रुपमा थप सशक्त बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आजको कार्यक्रममा प्रस्तावित २२ सदस्यीय कार्यसमितिमा अध्यक्ष पुष्कर धानुक, उपाध्यक्षहरू ललिता चन्द र महेशराज जोशी, सचिव प्रेम बहादुर चन्द, सहसचिव उमेश भट्ट, कोषाध्यक्ष धनश्याम सिंह धामी लगायत अन्य सदस्यहरू रहेका छन्।

यो प्रस्तावित कार्यसमिति आगामी दिनमा बैतडी जिल्लाको खेलकुद क्षेत्रको विकास र प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।