कञ्चनपुर, ०५ असोज २०८३ – कञ्चनपुर जिल्ला भलिबल संघको छैटौँ जिल्ला अधिवेशन सोमबार भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले श्याम सिंह मौनीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
भलिबल संघका जिल्ला अध्यक्ष श्याम सिंह मौनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला खेलकुद अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह प्रमुख अतिथी तथा नेपाल भलिबल संघ केन्द्रिय समितिका उपाध्यक्ष हरक सिंह धामी विशिष्ट अतिथी लगायत भलिबल खेलसंग जोडिएका व्यक्तित्वहरुको उल्लेख्य सहभागीता रहेको थियो।
नयाँ गठित कार्यसमितिको उपाध्यक्ष पदमा अन्जु जोशी र मान सिंह रावत चयन भएका छन। त्यसैगरी सचिवमा श्री उत्तम बिष्ट तथा कोषाध्यक्षमा श्री भरत बहादुर चन्द सर्वसम्मत निर्वाचित भएका छन।
कार्यसमितिको सदस्यहरूमा श्री तेज बहादुर चन्द, गिता ओली, गंगादत्त अवस्थी, नवराज भट्ट, जानकी जोशी र सागर देव बिष्ट चयन भएका छन।


टिप्पणी