कञ्चनपुर, ४ असोज २०८३ — नेपाली कांग्रेस कञ्चनपुरको १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका ९२ वडामध्ये ७८ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। बाँकी १४ वडामा आज अधिवेशन हुने जनाइएको छ।

कांग्रेस कञ्चनपुरका अनुसार जिल्लाका नौवटा स्थानीय तहका वडामध्ये केही पालिकाका सबै वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने पाँच स्थानीय तहका १४ वडामा अधिवेशन हुन बाँकी रहेको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

स्थानीय तहगत विवरण :

भीमदत्त नगरपालिका — १९ वडामध्ये वडा नं. ११ मा आज अधिवेशन हुँदैछ भने अन्य १८ वटा वडामा सम्पन्न भइसकेको छ।

दोधारा–चाँदनी नगरपालिका — १० वडामध्ये वडा नं. ५ मा आज अधिवेशन हुँदैछ भने अन्य ९ वटा वडाहरुमा सम्पन्न भएको छ।

शुक्लाफाँटा नगरपालिका — वडा नं. ३, ४, ७, ८, ९ र १२ गरी ६ वडामा आज अधिवेशन हुँदैछ। अन्य ६ वटा वडामा सम्पन्न भइसकेको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

बेदकोट नगरपालिका — वडा नं. ४ र ८ मा आज अधिवेशन हुँदैछ। अन्य ८ वटा वडाहरुमा सम्पन्न भएको छ।

कृष्णपुर नगरपालिका — वडा नं. १, २, ५ र ८ मा आज अधिवेशन हुँदैछ। अन्य ५ वडामा सम्पन्न भइसकेको छ।

पुनर्वास नगरपालिका — सबै ११ वडामा अधिवेशन सम्पन्न भइसकेको छ।

बेलौरी नगरपालिका — सबै १० वटै वडामा सम्पन्न भइसकेको छ।

लालझाडी गाउँपालिका — सबै ६ वटै वडामा सम्पन्न भइसकेको छ।

बेलडाँडी गाउँपालिका — सबै ५ वटै वडामा सम्पन्न भइसकेको छ।

यसअनुसार कञ्चनपुरका कुल ९२ वडामध्ये ७८ वडामा अधिवेशन सम्पन्न भएको छ भने १४ वडामा अधिवेशन हुन बाँकी रहेको छ। बाँकी सबै १४ वटै वडामा आजै अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको  नेपाली काङ्ग्रेस कञ्चनपुरले जनाएको छ।