महेन्द्रनगर, १९ भदौ २०८३ – गौरा पर्वको सांस्कृतिक महत्वसँगै सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले कञ्चनपुरको महेन्द्रनगरमा शनिबार ‘गौरा स्पेशल साइकल राइड–२०८३’ आयोजना हुने भएको छ।

महेन्द्रनगर साइक्लिङ क्लबको आयोजनामा हुने राइड शनिबार बिहान ६ बजे ककालु फुड्सबाट सुरु हुनेछ। गौरा पर्वलाई प्रकृति, संस्कृति र समुदायसँग जोड्दै साइकलिङमार्फत स्वास्थ्य तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

यसपटकको राइडलाई मानवीय सहयोग अभियानसँग समेत जोडिएको छ। देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको क्यूआरमार्फत सहयोग संकलन गर्ने कार्यक्रमसमेत राइडका क्रममा सञ्चालन गरिने क्लबले जनाएको छ।

क्लबले साइकलप्रेमी, युवा तथा सर्वसाधारणलाई राइडमा सहभागी हुँदै विपत्तिमा परेकाहरूका लागि सक्दो सहयोग गर्न आह्वान गरेको छ।

महेन्द्रनगर साइक्लिङ क्लबले यसअघि पनि ‘ओल्के राइड’ लगायत विभिन्न साइकल राइड आयोजना गर्दै आएको छ। क्लबका गतिविधिहरू साइकलिङ र मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक सेवासँग जोडिँदै आएका छन्।

यसअघि आयोजित ओल्के राइडका क्रममा क्लबका साइकलिस्टहरूले सहयोग संकलन गरी हर्कबहादुर जाग्रीको उपचार तथा स्वास्थ्य खर्चमा सहयोग गरेका थिए। त्यस्तै, अपाङ्गता भएका एक व्यक्तिका लागि साइकल उपलब्ध गराउने पहलसमेत क्लबले गरेको जनाएको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

क्लबले आगामी दिनमा पनि ‘राइडसँगै सामाजिक सेवा’ अभियानलाई निरन्तरता दिने जनाएको छ।

क्लबले ‘साइकल चलाऔँ, स्वस्थ बनौँ, विपत्मा परेकालाई सहयोग गरौँ र राइडसँगै मानवताको यात्रा गरौँ’ भन्ने सन्देशसहित सम्पूर्ण साइकलप्रेमी तथा सहयोगी मनहरूलाई शनिबार बिहान ६ बजे ककालु फुड्समा उपस्थित हुन आग्रह गरेको छ।