कञ्चनपुर, १७ भदौ २०८३ – रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कञ्चनपुरमा दीप प्रज्वलन तथा शान्ति प्रार्थना कार्यक्रम गरिएको छ।

आरक्ष पीडित जिल्ला संघर्ष समिति कञ्चनपुरको आयोजनामा बुधबार साँझ भीमदत्त नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गको विपिनचोकमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

समितिका अध्यक्ष जयबहादुर रोकाय लगायत कञ्चनपुरका आरक्ष पिडितहरुको कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा मृतक आत्माको चिरशान्तिको कामना गर्दै शान्ति प्रार्थना समेत गरिएको थियो। सहभागीहरूले विपद्को यस दुःखद् घडीमा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रभावितहरूको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।