कञ्चनपुर, ११ भदौ २०८३ — सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालनको तयारीमा रहेका विभिन्न परीक्षा तत्कालका लागि स्थगित गरेको छ।

विश्वविद्यालयका रजिस्ट्रारको कार्यालयले बुधबार जारी गरेको सूचनामा नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त सूचना तथा देशमा सिर्जित प्राकृतिक विपत्तिका कारण उत्पन्न वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको जनाएको छ। 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त क्याम्पसहरूमा सञ्चालन हुने तयारीमा रहेका छात्रवृत्ति सम्बन्धी परीक्षा तथा प्रवेश परीक्षा (Entrance Exams) अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ।

विश्वविद्यालयले परीक्षा स्थगित गरिएको सम्बन्धमा सम्बन्धित विद्यार्थी तथा सरोकारवालाहरूलाई जानकारी गराउन सूचना प्रकाशित गरेको जनाएको छ। परीक्षा सञ्चालनको नयाँ मिति तथा समयबारे विश्वविद्यालयले पछि सूचना जारी गर्ने विश्वविद्यालय केन्द्रिय कार्यालयले जानकारी गराएको  छ ।