कञ्चनपुर, ७ भदौ – कञ्चनपुरमा बालविवाह अन्त्यका लागि सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरिएको छ। पेसवान र प्लान इन्टरनेसनलको साझेदारीमा सञ्चालित ‘उत्थानशील भविष्य, बालविवाहको अन्त्य परियोजना’ को आयोजनामा शनिबार महेन्द्रनगरमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

बालबालिकाको सुरक्षित र सुनिश्चित भविष्यका लागि बालविवाह अन्त्य गर्नुपर्नेमा जोड दिँदै आयोजित कार्यक्रममा सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य प्राप्तिका लागि सञ्चारमाध्यमले निर्वाह गर्न सक्ने भूमिकाबारे छलफल गरिएको थियो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिकामा सञ्चालन भइरहेको परियोजनाले बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि समुदायस्तरमा सञ्चालन गर्दै आएका विभिन्न गतिविधि र प्रयासबारे कार्यक्रममा जानकारी गराइएको थियो। साथै, बालविवाहविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन सञ्चारमाध्यममार्फत जनचेतनामूलक सूचना तथा सामग्रीलाई व्यापक रूपमा प्रचार–प्रसार गर्ने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा पेसवानका संयोजक तथा ‘उत्थानशील भविष्य, बालविवाहको अन्त्य परियोजना’का परियोजना संयोजक लक्ष्मण विष्ट र वरिष्ठ पत्रकार चित्राङ्ग थापा लगायतले बालविवाहको अवस्था, न्यूनीकरणका प्रयास तथा सञ्चारमाध्यमको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले बालविवाह रोकथामका लागि प्रविधिको सही प्रयोग, निरन्तर जनचेतनामूलक कार्यक्रम, नियमित अनुगमन तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए।

सञ्चारमाध्यमले बालविवाहविरुद्धका अभियानलाई समुदायको तल्लो तहसम्म पुर्‍याउन निरन्तर सूचना, समाचार, खोजमूलक सामग्री तथा जनचेतनामूलक कार्यक्रम प्रकाशन र प्रसारण गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

बालविवाह अन्त्यका लागि केवल कानुनी प्रावधान र अभियान मात्र पर्याप्त नहुने भन्दै परिवार तथा समुदायको आर्थिक सशक्तीकरण, शिक्षा र जनचेतनाको विस्तार, नियमित अनुगमन तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत छलफल भएको थियो।

कार्यक्रममा सहभागीहरूले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्यलाई साझा गन्तव्यका रूपमा अघि बढाउन सरकारी तथा गैरसरकारी निकायसँगै सञ्चारमाध्यम, समुदाय र परिवारको संयुक्त प्रयास आवश्यक रहेको बताएका थिए।