कञ्चनपुर, ०५ भदौ २०८३ – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब उपरीक्षक (प्रनाउ) टेकबहादुर रावतलाई २०८३ साल साउन महिनाको ‘Police of the Month’ घोषणा गरेको छ।
प्रदेश प्रहरी कार्यालयले रावतले संगठनले सुम्पिएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै कर्तव्यनिष्ठ र लगनशील भई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका प्रहरी इकाइमा योजनाबद्ध रूपमा प्रहरी परिचालन गरेको जनाएको छ।
त्यसैगरी, जिल्लाको अपराध अनुसन्धान तथा नियन्त्रण, समग्र शान्ति–सुरक्षा कायम राख्ने तथा आम नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै रावतलाई ‘Police of the Month’ को प्रशंसापत्र प्रदान गरिएको हो।
प्रदेश प्रहरी कार्यालयका अनुसार रावतले पुर्याएको योगदानले आम नागरिकमा प्रहरी संगठनप्रतिको विश्वास अभिवृद्धि गर्नुका साथै संगठनको गरिमा र श्रीवृद्धिमा समेत सकारात्मक योगदान पुगेको छ।
आगामी दिनमा समेत अपराध अनुसन्धान, नियन्त्रण तथा शान्ति–सुरक्षा व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वाससहित प्रदेश प्रहरी प्रमुख सानुराम भट्टराईले रावतलाई प्रशंसापत्र प्रदान गरेका हुन्।
कञ्चनपुरमा कार्यरत प्रनाउ रावतलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरिनुले प्रहरी कर्मचारीलाई जिम्मेवारीप्रति थप उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया