कञ्चनपुर, ३० साउन २०८३

 कैलाली–कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले शनिबार आफ्नो प्रमुख पर्व तीज हर्षोल्लासका साथ मनाएका छन्।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

राना थारु महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको कामना गर्दै दिनभरि निराहार व्रत बसेर तीज मनाउने परम्परा छ। साँझपख कुसको गाँठो पारेर चाँदीको सिक्काले काट्ने र नदीमा सेलाउने चलनसमेत रहेको छ। कुस जति टाढासम्म बग्छ, दाजुभाइको आयु पनि त्यति नै लामो हुने धार्मिक विश्वास रहेको छ।

तीजका अवसरमा पुरी, पापड, सेमइ, पकौडा, गुलगला लगायतका परिकार बनाएर चेलीबेटी, आफन्त तथा छिमेकीलाई खुवाउने गरिन्छ। साथै ‘सावनकी डोला’ अर्थात् पिङ खेल्दै दिदीबहिनी तथा साथीभाइसँग रमाइलो गर्ने चलन छ।

विवाहित महिलाहरू समेत माइतीघर आएर तीज मनाउने भएकाले राना थारु बस्तीमा पर्वका दिन विशेष रौनक देखिएको थियो। पछिल्लो समय नयाँ पुस्तामा समेत तीजप्रतिको आकर्षण बढ्दै गएको जानकारहरू बताउँछन्।