कञ्चनपुर, १० साउन — भीमदत्त नगरपालिका–०९ मा रहेको श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ तीन तले भवनको आइतबार बिहान एक विशेष कार्यक्रमका बिच शिलान्यास गरिएको छ। भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दनले भवनको औपचारिक रूपमा शिलान्यास गर्नुभएको हो।

​कूल २ करोड ३९ लाख रूपैयाँ ठेक्का रकम रहेको उक्त भवन निर्माणका लागि भारतीय दूतावासले ९० प्रतिशत र भीमदत्त नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने गरी सम्झौता भएको छ। निर्माणको जिम्मा ‘कञ्चन वासुलिङ्ग जे.भिज’ ले पाएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

​विगतमा पर्याप्त भवन र भौतिक पूर्वाधारको अभावका कारण विद्यार्थीहरूको पठनपाठनमा निकै कठिन भइरहेको थियो। भारतीय दूतावास र स्थानीय सरकारको संयुक्त पहलमा तीन तले आधुनिक भवनको काम सुरु भएपछि स्थानीयवासी तथा अभिभावकहरू उत्साहित बनेका छन्।

​करिब एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो शिलान्यास कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दनसँगै विशिष्ट अतिथि भीमदत्त नगरपालिकाकी उप-प्रमुख निलम लेखक, निर्माण कम्पनीका प्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

​कञ्चनपुरको शिलान्यास कार्यक्रम सम्पन्न गरेसँगै सचिव नन्दन नेतृत्वको टोली सुदूरपश्चिम प्रदेशका अन्य दुई जिल्ला डोटी र दार्चुलामा पनि विद्यालय भवनहरूको शिलान्यास गर्नका त्यसतर्फ प्रस्थान गरेका छन।