सुदुरपश्चिम प्रदेश
साउन ०७, २०८३
स्वास्थ्य क्षेत्रको सुधार र सर्वसाधारणको स्वास्थ्य अधिकारको ग्यारेन्टीका लागि निरन्तर संघर्षरत वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले पुन: अनशन (सत्याग्रह) सुरु गरेका छन्। डा. केसीले आज मिति २०८३ साउन ७ गते (बिहीबार) अपरान्ह ०३:०० बजेदेखि धनगढीबाट आफ्नो २४औँ सत्याग्रह सुरु गरेको घोषणा गरेका हुन्।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–०१ एल.एन. चोकस्थित श्री कृष्ण मन्दिरको धर्मशाला भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले प्रेस विज्ञप्ति जारी गर्दै अनशनको घोषणा गरेका हुन्। चिकित्सा शिक्षाको सुधार र स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँचका विषयमा सरकारले देखाएको संवेदनहीनताका कारण पुन: सत्याग्रहमा बस्न बाध्य भएको डा. केसीले बताएका छन्।
डा. केसीले स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि विभिन्न ५ बुँदे मागहरू अघि सारेका छन्।
उक्त पत्रकार सम्मेलनमा प्रा.डा. गोविन्द केसीका सहयोगी डा. अमृत जैशी, स्थानीय पत्रकारहरू तथा सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आफ्ना मागहरूप्रति सरकार गम्भीर नभएसम्म सत्याग्रह जारी रहने संकेत उनले दिएका छन्।


प्रतिक्रिया