महेन्द्रनगर, कञ्चनपुर
साउन ७, २०८३
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कञ्चनपुरको आयोजनामा बिहीबार ४८ औँ पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ।
भीमदत्त नगरपालिका वडा नं. १८ स्थित नेकपा एमाले, पार्टी कार्यालय महेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रमका बीच नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गरिएको छ। बिहान ९:०० बजेदेखि शुरु भएको उक्त कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूले कमरेड पुष्पलालको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गरेका थिए।
नेकपा एमाले कञ्चनपुरका जिल्ला अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा सम्पन्न उक्त माल्यार्पण कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष जनकराज अवस्थी, सचिव पल्लभराज भट्ट लगायत जिल्ला तहका शीर्ष नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको उल्लेख उपस्थिति रहेको र सबैले नेपालको कम्युनिस्ट आन्दोलनमा कमरेड पुष्पलालले पुर्याउनुभएको ऐतिहासिक योगदानको चर्चा गर्दै उहाँको विचार र आदर्शलाई आत्मसात् गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।


प्रतिक्रिया