कञ्चनपुर,२ साउन- ​कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित महाकाली नदीको बीच टापुमा फसेका एक पुरुषको शनिबार बिहान सकुशल उद्धार गरिएको छ।

​जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज (साउन २ गते) बिहान करिब साढे सात बजे दोधारा चाँदनी न.पा. वडा नं. ०४ मालिकास्थित महाकाली नदीको बीच टापुमा एक अपरिचित पुरुष व्यक्ति फसेको जानकारी प्राप्त भएको थियो।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

​काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका वडा नं. ६ लहरेटोल बस्ने ५२ वर्षीय उमेश चौलागाईलाई सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासमा सकुशल उद्धार गरिएको हो।

घटनाबारे जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी सहायक निरीक्षक (प्र.नि.) को कमाण्डमा उद्धार सामग्रीसहित १० जनाको टोली र सशस्त्र प्रहरी गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी सहायक निरीक्षक (स.प्र.नि.) को कमाण्डमा १० जनाको टोली खटिएको थियो।

​बिहान ०७:४५ बजे घटनास्थल पुगेको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाहरूको सहयोगमा  चौलागाईलाई सुरक्षित रूपमा नदीबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर रावतले जानकारी गराएका छन।