कञ्चनपुर, २४ असार – राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कञ्चनपुर जिल्लामा “जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा” भव्य रूपमा सम्पन्न भएको छ। जिल्ला पूर्ण खोप समन्वय समिति, कञ्चनपुरको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।

​“स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मुख्य नाराका साथ आयोजित उक्त सभामा जिल्लाका सरोकारवालाहरूले पूर्ण खोपको दिगोपनाका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

​कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख दुर्गा बोहरा, कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन कोईराला, वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, महाकाली प्रादेशिक अस्पतालका व्यवस्थापन समिति अध्यक्ष महेश पन्त लगायतले कार्यक्रमबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए। 

कार्यक्रममा जिल्ला भरिबाट स्वास्थ्य सेवामा रहि उत्कृष्ट काम गरेका १० जना स्वास्थ्यकर्मीहरुलाई प्रमाणपत्र सहित कार्यक्रमका अतिथीहरुबाट सम्मान गरिएको थियो। 

​”पूर्ण खोप, सुरक्षित भविष्य” को संकल्पलाई आत्मसाथ गर्दै आयोजना गरिएको उक्त घोषणा सभाले कञ्चनपुर जिल्लाका सम्पूर्ण बालबालिकाहरूलाई खोपको दायरामा ल्याई सकेको र आगामी दिनहरुमा समेत यसको दिगोपन कायम राख्ने लक्ष्य लिएको छ।