कञ्चनपुर, २४ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशले स्वास्थ्य तथा जनसंख्या क्षेत्रको संगठनात्मक नेतृत्व सुदृढ बनाउने उद्देश्यसहित कञ्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरका संचालक समिती सदस्य डा. वीरेन्द्र सिंह बुडाललाई प्रदेश स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा नियुक्त गरेको छ।

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति ई. प्रकाश विष्ट द्वारा हस्ताक्षरित तथा हस्तान्तरण गरिएको नियुक्तिपत्रमार्फत डा. बुडाललाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। वैशाख ३० गते जारी गरिएको पत्रमा पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय नियमावली र कार्यविधिअनुसार आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्न निर्देशन दिइएको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष अनुभव र विज्ञता राख्ने डा. बुडालको नियुक्तिले सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यसम्बन्धी नीति निर्माण, जनस्वास्थ्यका मुद्दाको उठान तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार, महामारी तथा संक्रामक रोग नियन्त्रण, सरकारी स्वास्थ्य संस्थाको स्तरोन्नति तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिमा उनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास पार्टीले लिएको छ।

नवनियुक्त विभाग प्रमुख डा. बुडालले स्वास्थ्य क्षेत्रका चुनौतीहरू समाधान गर्न सरोकारवाला निकायसँग समन्वय गर्दै जनमुखी स्वास्थ्य नीति निर्माणका लागि आवश्यक पहल गर्ने बताइएको छ। साथै, प्रदेशस्तरमा स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन र नागरिकको सहज पहुँच सुनिश्चित गर्न नीतिगत दबाब सिर्जना गर्ने उनको प्रमुख प्राथमिकता रहने बुझिएको छ।

बेलौरी स्थायी बसोबास भएका डा. बुडाल प्रदेश तहको महत्वपूर्ण विभागीय जिम्मेवारीमा एक स्वास्थ्यकर्मी नियुक्त हुनु स्थानीयवासीका लागि पनि गौरवको विषय बनेको छ। स्थानीय समुदायले डा. बुडालको नेतृत्वले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरेका छन्।

डा. बुडालको नियुक्तिलाई रास्वपाले स्वास्थ्य क्षेत्रलाई अझ व्यवस्थित, उत्तरदायी र नागरिकमैत्री बनाउने अभियानको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com