धनगढी, जेठ २० — नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको ४८औँ बैठक आज दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा संसदीय दलका पदाधिकारी तथा प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको थियो।

बैठकमा मानबहादुर रावल र दिवानसिंह विष्टले संसदीय दलमा दर्ता गराएको निवेदन तथा दलभित्रको एकतासम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो। बैठकले जेठ ८ गते मानबहादुर रावल, दिवानसिंह विष्टसहित केही सांसदहरूले हस्ताक्षर गरी पेश गरेको निवेदनबारे समीक्षा गर्दै हाल प्रदेश सरकार बजेट निर्माणको प्रक्रियामा केन्द्रित रहेको अवस्थालाई ध्यानमा राखी उक्त हस्ताक्षर अभियान स्वतः निष्क्रिय भइसकेको निष्कर्ष निकालेको जनाएको छ। सोही आधारमा जेठ ८ गतेको हस्ताक्षरसहितको निवेदनलाई बैठकले ठहर योग्य नरहेको निर्णय गरेको छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कार्यक्रममा दलभित्रको एकताका विषयमा भएको छलफलमा वर्तमान राजनीतिक परिस्थिति, नेपाली कांग्रेसको ऐतिहासिक भूमिका तथा लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्धताबारे विचार विमर्श गरिएको थियो। बैठकले नेपाली कांग्रेसभित्र देखिएका मतभेद तथा असहमतिहरूलाई संवाद, छलफल र सहमतिका माध्यमबाट समाधान गर्दै अघि बढ्नु नै उपयुक्त मार्ग रहेको निष्कर्ष निकालेको छ।

बैठकले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दल पूर्ण रूपमा एकताबद्ध रहेको स्पष्ट गर्दै दलको एकतालाई अझ मजबुत बनाउँदै जनताको हित, प्रदेशको समृद्धि र पार्टीको गौरवका लागि सबै प्रदेशसभा सदस्यहरू दृढ, जिम्मेवार र प्रतिबद्ध रहने संकल्प व्यक्त गरेको छ।

बैठकमा संसदीय दलका प्रमुख सचेतक विक्रमसिंह धामी, सचेतक गीता कुमारी चौधरी, सचिव तुलसी देवकोटा, कोषाध्यक्ष सरस्वती खड्का लगायत प्रदेशसभा सदस्यहरूको उपस्थिति रहेको थियो।