ब्रेकिङ न्युज

Default Placeholder

कञ्चनपुर, जेठ १८ — सशस्त्र प्रहरी बल नेपालमा कार्यरत एक जवान केही दिनदेखि सम्पर्कविहीन भएपछि उनको शव भारतस्थित शारदा (महाकाली) नदीमा फेला परेको छ।

सप्रबल नेपाल नं. ५२ हेक्वा गुल्म दरबन्दी भई डडेल्धुराको सप्रबल नेपाल सीमा सुरक्षा बेस (बीओपी) परिगाउँमा कार्यरत सशस्त्र प्रहरी जवान ओमप्रकाश पुनमगर मिति २०८३ जेठ १६ गते बिहानदेखि सम्पर्क विहीन भएका थिए।

भारतीय सुरक्षाकर्मीबाट प्राप्त जानकारी अनुसार १ जुन २०२६ बिहान करिब ९:३० बजे नेपालतर्फबाट बगेर आएको एक पुरुषको शव शारदा नदी हुँदै टनकपुर ब्यारेजमा पुगेको थियो। पछि शवको पहिचान गर्दा नेपालका सशस्त्र प्रहरी जवान ओमप्रकाश पुनमगरको भएको बताइएको छ।

मृतक पुनमगर डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका–३ निवासी प्रेमबहादुर पुनका छोरा हुन्। उनको उमेर करिब २८ वर्ष रहेको जनाइएको छ। उनी सशस्त्र प्रहरी बलको ५२ नम्बर गुल्मसँग आबद्ध भई परिगाउँ स्थित सीमा सुरक्षा बेसमा कार्यरत थिए।

घटनाको कारण खुल्न बाँकी रहेको छ। शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया तथा घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: