क्रीकेट विशेष, जेठ- १८, ईण्डियन प्रीमियर लिग (आईपिएल) – २०२६ को संस्करण हिजो राती सम्पन्न भएको छ। यो बर्षभरिको आईपिएलमा १५ बर्षिय खेलाडी वैभव सुर्यवन्सीको खेलको चर्चा ट्रफी जित्ने टीम भन्दापनि बढी रह्यो।
भारतिय टीमका पुर्व कप्तान विराट कोहलीको टीम आरसिबी तथा भारतिय ओडिआई वर्तमान कप्तान शुभमन गिलको टीम गुजरात बिच आईतवार राती भएको खेलमा आरसिबीले १२ बल शेष रहदा गुजरातले दिएको १५६ रनको लक्ष्य ५ विकेटको क्षतिमा पूरा गर्यो।
आरसिबिको जितमा उसको लागि भेट्रान खेलाडी विराट कोहलीको सबै भन्दा ठूलो योगदान रहयो उनले ४२ बलमा ७५ रनको ईनिङ खेल्दै अजिवित रहे।
आरसिबिले जित संगै आफ्नो दोस्रो ट्रफी हात पार्यो, तर फाईनलको ट्रफी वितरण समारोहमा सबैको नजर राजिस्थान रोयल्सका १५ वर्षिय ओपनर ब्याटर वैभव सुर्यवन्सीमा रह्यो। उनले गत बर्षको आईपिएलमा केही म्याचमात्र खेलेका भए पनि अर्को बर्ष आफ्नो नामको तुफान आउने निश्चित गरिसकेका थिए।
यो सिजनको आईपिएलमा सबैभन्दा बढी रन बनाउने रेकर्ड, यो आईपिएलमा मात्र नभई आज सम्मका आईपिएलहरुमा सबैभन्दा बढि छ्क्का हान्ने रेकर्ड, मोष्ट भ्यालुवल खेलाडीको रेकर्ड, सबै भन्दा बढी स्ट्राइकरको रेकर्ड लगायत सबैमा वैभव सुर्यवन्शीको नाममा रह्यो।
विश्व क्रीकेटका हस्तिहरुले समेत वैभवलाई बधाई दिदै भारतिय टीमबाट चाडैनै अन्तरास्ट्रिय क्रीकेटमा देखिने राईजिङ स्टारको नाम दिए। लामो समय भारतिय क्रीकेटमा रहेका पुर्व कप्तान सचिनले समेत ट्वीट गर्दै वैभवको खेलको तारिफ गरे।
