कञ्चनपुर, १५ जेठ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारस्थित एक हार्डवेयर पसलमा गएराति आगलागी भएको छ।
आज राति करिब ११ः२० बजे स्थानीय टेक बहादुर ठकुल्लाले सञ्चालन गर्दै आएको “ठकुल्ला ट्रेडर्स हार्डवेयर” पसलमा विद्युत् तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिका का दमकल, स्थानीयवासी तथा प्रहरीले संयुक्त रूपमा प्रयास गरेका थिए। आगो राति १२ः२० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाइएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक राजेश बस्नेतको कमाण्डमा १५ जनाको टोली खटिएको थियो। हाल प्रहरीले मुचुल्का उठाउने कार्य गरिरहेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जनाएको छ।
आगलागीबाट कुनै मानवीय तथा पशुचौपायाको