कञ्चनपुर – ९ जेठ, लिटिल बुद्ध एकेडेमीले एसईई दिइसकेका आफ्ना विद्यार्थी तथा अभिभावकहरुलाइ बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।उक्त कार्यक्रममा विद्यालयले विद्यार्थीहरुलाई बधाई तथा सम्मान का साथै उत्कृष्ट नतिजा ल्याउन भुमिका खेलेको भन्दै अभिभावकहरु लाई समेत सम्मान गरिएको थियो। 

विद्यार्थीहरु माझँ सम्झँना स्वरुप विद्यालय संचालनको २० बर्ष पूरा भएको लिटिल बुद्ध एकेडेमीले पछिल्लो १८ बर्ष एसईई परिक्षामा सहभागिता जनाउदै उत्कृष्ट नतिजाहरु ल्याउदै शैक्षिक क्षेत्रमा आफ्नो नाम राख्दै आएको छ। 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कञ्चनपुर जिल्ला, सुदुरपश्चिम प्रदेश तथा नेपालमा शैक्षिक क्षेत्रमा आफ्नो ब्राण्ड स्थापना गर्न सफल लिटिल बुद्ध एकेडेमीले यस बर्ष एसईई – २०८२ मा दुई जना ४.०० जिपिए, ५५ जनाले A+ ग्रेड, ७२ जनाले A ग्रेड, B+ ग्रेड ११ जनाले र एक जनाले B ग्रेड ल्याउदै जिल्लाको एसईई परिक्षाको सर्वोत्कृष्ट बनाउन अहम भुमिका खेलेको देखिन्छ।