कञ्चनपुर, जेठ २ — राष्ट्रिय स्वतन्त्र पार्टीको शुक्लाफाँटा नगर कमिटीको प्रथम अधिवेशन आजबाट शुरु भएको छ।
अधिवेशनको आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर कमिटीले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित शुक्लाफाँटा उद्योग वाणिज्य संघको सभाहलमा अधिवेशन शुरु भएको कमिटीले जानकारी गराएको छ।
कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष हरिस सिंह धामीले गरेका छन भने पार्टीका केन्द्रीय सदस्य विजय जैरु प्रमुख अतिथिका रूपमा सहभागी रहेका छन । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्ट विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका छन।
अधिवेशनमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्रीय तथा नगर कमिटीका सदस्यसहित उल्लेख्य उपस्थिति रहेको बताइएको छ।
उक्त अधिवेशनबाट शुक्लाफाटाको नयाँ नगर कमिटी चयन गरिने बुझिएको आयोजक कमिटीले बताएको छ।


प्रतिक्रिया