ब्रेकिङ न्युज

कञ्चनपुर, बैशाख १८

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्याउले बजारमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
आज दिउँसोको समयमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको सु.प.प्र.०२–००१ ख ०५९८ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको UK06AS7930 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक दोधारा चाँदनी–१ स्याउले बजार निवासी नरेश लुहार घाइते भएका छन्। उनको बाँया खुट्टामा मध्यम चोट लागेको र उपचारका लागि आफन्तले भारतको खटिमा लगेको बुझिएको छ।
मोटरसाइकलमा पछाडि सवार सोही स्थानका विवश चुनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव घटनास्थलमै राखिएको छ।
दुर्घटनापछि टिप्पर चालक फरार रहेका छन्। इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले चालकको खोजी कार्य तीव्र बनाएको जनाएको छ। साथै, दुर्घटनामा संलग्न दुवै सवारी साधन घटनास्थलमै रहेको प्रहरीले जानकारी दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: