महेन्द्रनगर,१७ वैशाख

महेन्द्रनगर स्थित कवर्डहलमा प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय ‘बाह्रसिङ्गा’ ब्याडमिन्टन प्रतियोगिता सुरु हुने भएको छ ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

पश्चिमपाटीको आयोजनामा गरेको उक्त प्रतियोगिताको शुक्रवार बिहान सात बजे कञ्चनपुरका मुख्य जिल्ला न्यायशीध राजेन्द्र भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।  तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ‘बी’ लेभलमा ४८ वटा टीम र भेट्रानमा ३२ वटा टीमको सहभागीता रहेको छ । कैलाली कञ्चनपुर गरी प्रदेशका विभिन्न जिल्लाबाट आएका ८० वटा टीम बीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक शेरवहादुर सिंहले जानकारी दिए । प्रतियोगिताले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रसिद्ध बाह्रसिंगाको प्रवद्र्धन गर्नुका साथै सुदूरपश्चिममा लुकेका खेल प्रतिभाहरूलाई उजागर गर्दै खेलकुदको विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेको संयोजक सिंहले बताए । “खेल पर्यटनका माध्यमबाट शुक्लाफाँटाको बाह्रसिंगाको प्रवद्र्धनका लागि प्रतियोगिताले टेवा पुगाउने छ ।” उनले भने–“प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको यस प्रतियोगिताले खेल र पर्यटनमा प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा लिएका छौ ।” उनका अनुसार ‘बी’ लेभलतर्फ प्रथम हुने टिमले रु ४४ हजार ४४४, द्वितीय हुने टिमले रु २२ हजार २२२ र तृतीय हुने टिमले रु ११ हजार १११ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै, भेट्रान तर्फ प्रथम हुने टिमले रु १५ हजार ५५५, द्वितीय हुने टिमले रु ७ हजार ५५५ र तृतीय हुने टिमले रु ५ हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र पाउने छन ।