महेन्द्रनगर, ७ बैशाख  — निर्माण व्यवसायी संघ कञ्चनपुरले इन्धन तथा निर्माण सामग्रीको लगातार बढ्दो मूल्यका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। संघले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत सरकारलाई बुझाएको ज्ञापनपत्रमा डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनको मूल्यवृद्धि तथा सिमेन्ट, डण्डी, गिट्टी, बालुवा जस्ता निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा इन्धनको मूल्य बढेसँगै ढुवानी खर्च वृद्धि भएको र त्यसको प्रत्यक्ष असर निर्माण सामग्रीमा परेको छ। यसले गर्दा ठेक्का सम्झौता अनुसार काम गर्न कठिन भइरहेको निर्माण व्यवसायीहरूको गुनासो छ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

संघका अनुसार पटक–पटक मूल्य समायोजनको माग गरिए पनि सम्बन्धित निकायबाट ठोस पहल हुन नसकेकोले निर्माण क्षेत्र थप समस्यामा परेको छ। हालको अवस्थामा निर्माण कार्यलाई निरन्तरता दिन कठिन भएको र यसले समग्र विकास निर्माणमा समेत असर पर्ने चेतावनी दिइएको छ।

संघले सरकारसँग तत्काल ‘मूल्य समायोजन’को व्यवस्था गर्न, निर्माण सामग्रीको मूल्य नियन्त्रण गर्न तथा व्यवसायीहरूलाई राहत दिन विशेष नीति ल्याउन माग गरेको छ। साथै, मूल्यवृद्धिका कारण मारमा परेका व्यवसायीहरूको समस्या समाधानका लागि आवश्यक कदम चाल्न पनि आग्रह गरिएको छ।