कंचनपुर चैत्र-२४
जिल्ला खेलकुद समिती कंचनपुरमा रबिन्द्र खडकाको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ। बिदाइसंगै अबको नेतृत्वबारे सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयले राजनितिक भागबण्डाको रुपमा नेतृत्व तोक्ने परम्परा रहेको छ।

छिटो छरितो तथा प्रभावकारी तरिकाले काम गर्न भनेर कहिले तितो मुख गरेको होउला, क्षमा गर्नुहोला भन्दै आफ्नो बिदाईमा भावुक भए जिल्ला खेलकुद समिति कंचनपुरका अध्यक्ष कुबेर खडका मिति २०७८/१२/२५ गते देखि आजसम्म समितिको नेतृत्व गरेका खड्काले आफ्नो नेतृत्वमा जिल्लाको खेलकुदका साथै खेलकुदका लागि आवश्यक मैदान र आवश्यक सहकार्य गरि क्षमतावान खेलाडी उत्पादनमा अहम भुमिका खेलेका थिए।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

सुदुरपश्चिम प्रदेशको सामाजिक मन्त्रालय अन्त्रगत रहेको खेलकुद समितिमा राजनितिक रुपमा नियुक्ती गरिदै आएको छ । खडका राजनितिक रुपमा नियुक्ती आएका व्यक्तित्व भएपनि उनले राजनिती भन्दा माथी जिल्लाका खेलाडी र जिल्लाका आवश्यकता हुन भन्ने विचारमा विवादबिनानै आफ्नो कार्यकाल सम्पन्न गरेका थिए।