ब्रेकिङ न्युज

Default Placeholder

     

  • केही त्यस्ता कार्यालय जहाँ कार्यालय सहयोगिले मात्रैपनि कुनै दिन कार्यालय कुरेर बस्नुपर्ने बाध्यता छ। 

कञ्चनपुर-चैत्र १९,

कञ्चनपुरको वेदकोट नगरपालिका-९, सुन्दरपुरमा रहेको माटो तथा मल परिक्षण प्रयोगशाला कञ्चनपुरका अनुसार फिल्ड मात्रै पनि काम यति धेरै छ कि कुनै दिन त हामीहरु कार्यालय सहयोगीलाई मात्रै कार्यालय हेर्नू होला भन्दै फिल्डमा जाने गर्दछौ।  यो कार्यालयले कञ्चनपुरमा रहि सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लामा आफुलाई तोकिएका कामहरु हेर्ने गर्दछ। 

कार्यालयमा एक जना कर्मचारी र एक जना कार्यालय सहयोगी  मात्रै रहेको देख्दा आश्चर्य मान्दै हामीले ती कर्मचारीलाई अरु कर्मचारी कता हुनुहुन्छ सर भन्दा….  उहाँको स्पष्ट जवाफ, “फिल्डमा गएका छन। केही दिन पछि मात्रै फर्किनुहुन्छ।”

माटो तथा मल परिक्षण प्रयोगशालाले कृषकहरुको कृषि योग्य भुमीमा कुन खेतीको लागि जमिन योग्य छ भन्ने कुराको लागि माटो परिक्षण कार्य गर्ने गर्दछ तर माटो जमिनबाट कसरी निकाल्ने लगायतका प्राविधिक ज्ञानहरु सहित माटोको नमुना लिइएको हुनुपर्ने हुन्छ भने त्यस्तै कृषि क्षेत्रमा कृषकहरुले मलको प्रयोग गर्दा कति अनुपातमा कुन मलको प्रयोग गर्ने, माटो अनुसार कस्तो मल प्रयोग गर्ने भनी मल परिक्षण गर्ने काम समेत गर्दछ। 

सामान्य किसानले समेत आफ्नो समस्या ल्याएर कार्यालयमा पुगे सरकारले तोकेको अनुसार शुल्कको रसिद काटेर उहाँहरुको समस्या समाधान गर्ने कार्यालयका कर्मचारीले जानकारी गराएका छन।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: