ब्रेकिङ न्युज

Default Placeholder

बैतडी, २६ फागुन २०८२ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडी जिल्लामा समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ। गएराति सम्पन्न मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।

समानुपातिकतर्फ रास्वपाले २३ हजार ७३६ मत प्राप्त गरेको छ। यससँगै रास्वपा बैतडीमा प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फ बढी मत ल्याएर पहिलो स्थानमा पुगेको हो।

त्यसैगरी नेकपा (एमाले) ले १६ हजार ४९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ। एमालेले समानुपातिकतर्फ भने प्रत्यक्ष निर्वाचनको तुलनामा कम मत प्राप्त गरेको देखिएको छ। प्रत्यक्षतर्फ एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरेका थिए।

यस्तै नेपाली कांग्रेस समानुपातिकतर्फ तेस्रो स्थानमा रहेको छ। कांग्रेसले १५ हजार ९०७ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ भने कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरेका थिए।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ ६ हजार ३३५ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ नेकपाका उम्मेदवार परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका थिए, जसअनुसार समानुपातिकतर्फ उनीहरूले प्रत्यक्षभन्दा कम मत प्राप्त गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ ३ हजार ४७१ मत प्राप्त गरेको छ। राप्रपाले भने प्रत्यक्ष निर्वाचनको तुलनामा समानुपातिकतर्फ बढी मत ल्याएको देखिएको छ। प्रत्यक्षतर्फ राप्रपाका उम्मेदवार भूपेन्द्रबहादुर चन्दले २ हजार ६८१ मत प्राप्त गरेका थिए।

बैतडीमा समानुपातिकतर्फ ७२ हजार ३०८ मत खसेकोमध्ये ४ हजार १२६ मत बदर भएका छन् भने ६८ हजार १८२ मत सदर भएका निर्वाचन कार्यालयले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: