ब्रेकिङ न्युज

Default Placeholder

१४ फागुन, २०८२

कञ्चनपुर: कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–३ पेलितालमा फागुन १३ गते साँझ करिब ८:३० बजे कुसुमको रुख ढल्दा काठ र माटोले बनेको कच्ची घर भत्किएको छ। रुख घरमाथि ढल्दा घरभित्र रहेकी करिब ५० वर्षीया सारदा देवी महता च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही घरमा रहेकी करिब ४० वर्षीया सीता महता टाउको तथा शरीरमा चोट लागेर घाइते भएकी छन्।घाइते महिलाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: