०९ फागुन, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

डडेल्धुरा – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ०२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नारायण प्रकाश (एनपी) साउँदले आफ्नो गृह जिल्ला डडेल्धुरा पुगेर विभिन्न मन्दिरहरूको दर्शन गरेका छन।

चुनावी सरगर्मीका बीच डडेल्धुरा पुग्नुभएका साउँदले सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर र ऐतिहासिक घटाल थानमा पुगेर विशेष पूजाआजा र दर्शन गर्नुभएको हो। डडेल्धुरा आफ्नो जन्मथलो भएकाले साउँदले महत्वपूर्ण कामको सुरुवात वा विशेष अवसरमा यी मन्दिरहरूमा आशिर्वाद लिने गरेका छन्।धार्मिक आस्था र शक्तिको केन्द्र मानिने यो मन्दिरहरूको दर्शनका क्रममा उनले स्थानीय बासिन्दाहरूसँग समेत भेटघाट र छलफल गरेका थिए।