१७ माघ, २०८२

सुदुरपश्चिम: धनगढी बजारमा सम्पुर्ण सुदुरपश्चिम प्रदेशमा पुग्ने गरि एक युवाले आगलागीबाट बच्नको लागि उपयोगी हुने आधुनिक उपकरण सहितको व्यवसायको थालनी गरेका छन। निकोफायर(NicoFire) नामक कम्पनीबाट उनले समग्र सुदुरपश्चिमका जिल्लाहरुमा सेवा प्रवाह गर्ने गरि माघ-१ गतेबाट धनगढी बजारमा आफ्नो व्यवसाय शुरु गरेको बताए।
छोटो समयमा नेपालमा अग्नि सुरक्षाको क्षेत्रमा व्यवहारिक र भरपर्दो समाधान प्रदान गर्ने कम्पनीका रूपमा आफ्नो पहिचान स्थापित गर्दै अघि बढिरहेको छ। देशमा तथा विशेषगरि सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा बढ्दो शहरीकरण, औद्योगिक बिस्तार र आगलागी जोखिमका कारण आगलागीबाट सुरक्षा आज अनिवार्य आवश्यकता बन्दै गइरहेको छ। आगलागीका समस्याहरुबाट कसरी वचन र बचाउन सकिन्छ। विभिन्न समयमा आगलागिका घटनाहरु सुन्दा सुदुरपश्चिम आफ्नो प्रदेशमा समेत समय-समयमा यस्ता घटनाहरु सुनिने र सामान्य रुपमा प्रयोग गर्न सकिने प्रविधीबाट आगलागिको जोखिमलाई घटाउन सकिने धारणालाई केन्द्रमा राख्दै निकोफायरले आफ्नो सेवा विस्तार गर्दै आएको छ। कम्पनीले अन्त्रराष्ट्रिय मापदण्ड अनुरूपका ABC Dry Powder, CO₂, Foam, Clean Agent तथा Lithium-Ion Fire Extinguisher हरूको बिक्री तथा आपूर्ति गर्दै आइरहेको छ। यसका साथै Hydrant System, Fire Alarm, Smoke Detector, Fire Drill, Fire Safety Audit, Fire Blanket, CCTV Camera लगायतका आवश्यक सुरक्षा समाधानहरू पनि यो कम्पनीले उपलब्ध गराउँदै आइरहेको छ।
“Fire Safety is not an option, it’s a responsibility” भन्ने मूल सन्देशका साथ सुरक्षित भविष्य निर्माणतर्फ NicoFire प्रतिबद्ध रहेको भन्दै कंचनपुर जिल्लाको बेलौरी स्थायी ठेगाना भएका युवा जयदेव कलौनीले विगत लामो समयदेखी सुदुरपश्चिममा आगलागीका घटनाहरुबाट जन-धनको क्षतिको बारेमा विभिन्न माध्यमबाट आफुले सुन्दा, प्रविधिको प्रयोगले सजिलै नियन्त्रण गर्न सकिने आगलागीमा समेत प्रविधी तथा उपकरणहरुको अभावको कारण सुदुरपश्चिमले क्षती व्यहोर्नुपर्ने देखे पश्चात् यस सम्बन्धि उपकरणहरुलाइ सुदुरपश्चिम संग जोडनको लागि आफुले धनगढी केन्द्रविन्दु बनाइ काम गर्न मनसाय बनाएको बताउँछन।
