०७ माघ, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कंचनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका कंचनपुर क्षेत्र नम्बर ०३ का उम्मेदवार तथा पार्टीका सह-प्रवक्ता पुर्ण बहादुर चन्दले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन । सम्मेलन मार्फत आफुले कंचनपुर क्षेत्र नम्बर ०३ को कृषि र शिक्षा क्षेत्र लगायत समग्र क्षेत्रमा एक बर्षमा ६ महिना यसै क्षेत्रमा रहि परिवर्तनको सहयात्री बन्न चाहेको बताएका छन । पत्रकारहरुले सोधिएका प्रश्नमा उनले विगतका यस क्षेत्रबाट जितेर गएका उम्मेदवारहरु कोही जितेर गएर क्षेत्रका लागि काम गर्नु त धेरै टाढाको कुरा तर क्षेत्रमा के-कस्ता समस्यामा छन भनेर फर्केर समेत नहेर्ने र कोहि उम्मेदवारहरु जितेर गएर क्षेत्रकै बदनाम गर्ने गरि काण्डै-काण्ड गर्ने भनेर जवाफ फर्काएका थिए । 

कंचनपुरमा प्रतिनिधिसभा निर्वाचनको लागि ०३ वटा क्षेत्रहरु रहेका छन । क्षेत्र नम्बर ०३ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन भने यस अघिको निर्वाचनमा विजयी उम्मेदवारलाई नेपाली काङ्ग्रेसले टिकट सम्म नदिदा क्षेत्रले अब कस्तो नेतालाई नेतृत्व सुम्पिएर पठाउने भन्ने बारे सम्पुर्ण कंचनपुर क्षेत्र नम्बर ०३ का गाउँ टोलमा चर्चा समेत चलिरहेको छ ।