०३ माघ, २०८२
कञ्चनपुर :

शुक्रबार बिहान भीमदत्त नगरपालिका–६ स्थित बसपार्कबाट सेती–महाकाली पेट्रोल पम्पतर्फ जाँदै गरेको महाकाली यातायात प्रा.लि.को सु.प.प्र. ०२–००१ ख १०८३ नम्बरको बसले ठक्कर दिँदा भिमदत्त नगरपालिका–१ निवासी ६९ वर्षीय भिम बहादुर बिष्टको मृत्यु भएको थियो । कैलाली जिल्ला गोदावरी नगरपालिका–१० मालाखेती बस्ने ४६ वर्षीय राम बहादुर ताम्राकारले चलाइरहेको बसले उनलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि मृतकका आफन्त तथा स्थानीय करिबले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउसो करिब ३:०० बजेदेखि भीमदत्त नगरपालिका–२, भासी क्षेत्रमा पूर्व–पश्चिम राजमार्गमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्, विरोधका कारण राजमार्ग अवरुद्ध भएको छ ।
दुर्घटनामा संलग्न बस र चालक जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
