१९ पुस, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कंचनपुर :

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एन–प्याब्सन) सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशन शुरु भएको छ। अधिवेशनमा कैलाली र कञ्चनपुर जिल्लाका निजी तथा आवासीय विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

कार्यक्रमको अध्यक्षता प्रदेश अध्यक्ष वीर बहादुर चन्दले गरेका थिए भने प्रमुख अतिथिका रूपमा एन–प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपाने सहभागी छन । अधिवेशनमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम सिंह मौनी, केन्द्रीय उपाध्यक्ष टेकराज खनाल, केन्द्रीय सचिव डीडी अवस्थी, पूर्व केन्द्रीय सदस्य प्रजापति नेगि, कैलाली जिल्ला अध्यक्ष ललित साउँद तथा कञ्चनपुर जिल्ला अध्यक्ष सतिश बहादुर चन्दलगायतको उपस्थिति रहेको छ ।

शुभकामना मन्तव्यका क्रममा एन–प्याब्सन कैलालीका अध्यक्ष ललित साउँदले निजी विद्यालयले सहयोग गरेका केही विद्यार्थी संगठनहरू नै निजी विद्यालयविरुद्ध उत्रिन थालेकोप्रति ध्यानाकर्षण गराए। उनले सहयोग माग्ने बेला निजी विद्यालय आवश्यक ठान्ने तर पछि त्यही विद्यालय विरुद्ध विज्ञप्ति निकाल्ने प्रवृत्तिबारे निजी विद्यालय क्षेत्रले गम्भीर रूपमा सोच्नुपर्ने बताए।

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

अधिवेशनले निजी तथा आवासीय विद्यालयको हकहित, संस्थागत संरक्षण र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त रहेको छ ।