११ पुस, २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

कञ्चनपुर:

कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. १८ स्थित महेन्द्रनगर बजारको गल्ली नम्बर ५ मा रहेको पर्वत होटलमा जुवा–तास खेल भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले छापा मारेको छ।

साझँ करिब ४:३० बजेको समयमा गरिएको छापामारीका क्रममा होटलको माथिल्लो तलामा जुवा–तास खेलिरहेका ७ जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट नगद रु. २२ हजार १ सय १५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।