०३ पुस २०८२

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

सञ्जु महर

कञ्चनपुर:
जिल्ला ट्राफिक कार्यालयको आयोजनामा २० जना स्कूलका चालक तथा सहचालकलाई लक्षित गरी ट्राफिक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।लिटल बुद्धा एकेडेमी र इन्टरनेशनल पब्लिक स्कुलमा आयोजित उक्त कार्यक्रममा सवारी चालक तथा सहचालकहरूलाई ट्राफिक नियम, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा जिम्मेवार सवारी सञ्चालनसम्बन्धी जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधिहरूले ट्राफिक नियमको पालना, सवारी चलाउँदा अपनाउनुपर्ने सावधानी र अनुशासनको महत्वबारे प्रशिक्षण दिएका थिए।प्रशिक्षणमा सहभागी चालकहरूले कार्यक्रम उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले अब अझ बढी सचेत भई ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला ट्राफ़िक प्रहरी कार्यालय कंचनपुरका प्रमुख बलेन्द्र नाथ ले जानकारी दिनुभयो ।

जिल्ला ट्राफिक कार्यालयले यस्ता सचेतनामूलक कार्यक्रमले सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन गरिने जनाएको छ।