ब्रेकिङ न्युज

Default Placeholder

१८ मंसिर, २०८२

कञ्चनपुर:

मंसिर ९ गते महाकाली नदीमा डुबेर बेपत्ता भएका भिमदत्त नगरपालिका वडा नं १२ घर भएका रोशन दमाईको शव १० दिनपछि आज फेला परेको छ । रोशन दश दिन अगाडि चार लेन पुल नजिकबाट नदिमा डुबेर बेपत्ता भएका थिए । २१ बर्षिय रोशन नदिमा बेपत्ता भएपछि गोताखोर टोलीले ३ दिनसम्म खोजी गर्दा समेत रोशनको कुनै पत्ता लागेको थिएन ।

दोधारा-चादनी नगरपालिका वडा नं ४ स्थित मालिका आधारभुत विद्यालय नजिकै महाकाली नदीमा आज बिहान करिब ७:३० बजे तिर स्थानिय युवक ढुङ्गा लिन गएको बेला रोशनको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले आवश्यक प्रक्रिया (मुचुल्का) उठाईसकेपछि निजको शव आफन्तको जिम्मा लगाएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Share Article: