बिष्णुदत्त जोशी 

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

२९ कार्तिक, २०८२

धनगढी:

धनगढी उपमहानगरपालिका राम जानकी मन्दिरको प्राङ्गणबाट विश्व हिन्दू महासंघ नेपाल राष्ट्रीय समिति सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा रामजानकी मन्दिर धनगढी र रामजानकी ज्येष्ठ नागरिक समितिको प्रायोजनमा विश्व हिन्दू महासंघ नेपाल राष्ट्रीय समिति सुदूरपश्चिम प्रदेश समितिको तेस्रो प्रदेश अधिवेशनबाट सुदुरपश्चिम प्रदेशका कार्यबाहक अध्यक्ष समेत रहेका शिरोमणि ओझा सर्वसम्मत  विश्व हिन्दू महासंघ सुदरपश्चिम प्रदेशको अध्यक्ष पदमा चयन भएका छन ।

प्रभात र्‍यालीबाट शुरु भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट विश्व हिन्दु महासंघका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । विभिन्न जिल्लाका महासंघका प्रदेश सदस्यहरू, गुरूकुलका विद्यार्थीहरू तेस्रो प्रदेश अधिवेशनको औपचारिक कार्यक्रममा विश्व हिन्दू महासंघ नेपाल राष्ट्रीय समिति सुदूरपश्चिम प्रदेश समिति का.बा.अध्यक्ष शिरोमणी कुमार ओझाको अध्यक्षतामा, प्रमुख अतिथि विश्व हिन्दू महासंघ नेपाल राष्ट्रीय समिति केन्द्रीय अध्यक्ष डा. रामचन्द्र अधिकारी, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश राज्यमन्त्री विक्रम सिंह धामी, पूर्व मन्त्री टेक बहादुर रैका, प्रदेशका ९ वटै जिल्लाका महासंघका प्रदेश सदस्यहरू समेतको सहभागितामा खुल्ला सत्र शुरू भएको थियो । 

विज्ञापन
Little Buddha
Academy
Family to All
Secondary School
NURTURING YOUNG MINDS
Bhagatpur-04, Mahendranagar
Nursery Secondary Plus Two
Science Management Humanities Law
099-520894
099-521056
lbaschool3@gmail.com

अध्यक्ष पदमा चयन भएपश्चात ओझाले सुदुर पश्चिम प्रदेशमा संगठन विस्तारका विभिन्न चुनौतीहरु यथावत रहेका छन । सुदुरपश्चिम प्रदेशका तराईका जिल्लाहरुमा विद्यमान रहेको छाडा गाई-गोरुको समस्या हिन्दुवादी संगठनहरुको समेत समस्या भएतापनी त्यस तर्फ कुनै पनि संगठनको ध्यान नगएको देखिन्छ । हिन्दु शास्त्र अनुसार गाई तथा गोरुहरुलाइ देवी देवताको स्थान दिइएको भए तापनी विचल्लीमा रहेका गाई गोरुहरुको  समस्यामा हिन्दु धर्मकै नाममै स्थापित संगठनहरुको ध्यान नजानुले संगठन धर्मप्रती कति आस्थावान रहेको भन्ने दर्शाउने लगभग पक्का जस्तै रहेको पाइन्छ ।