२८ कार्तिक, २०८२

कञ्चनपुर:

काठमाण्डौमा एक कार्यक्रमका बिच लोकतान्त्रिक जेन्जी फोरम गठन गरिएको छ।सोहि कार्यक्रम मार्फत फोरमले देशका सात वटै प्रदेशको प्रतिनिधिहरु तोकेको छ । देश निर्माणमा युवाहरुको सहभागिता हुने गरि उदाएको पुस्ताको रुपमा पछिल्लो समय जेन्जी पुस्तालाई हेरिएको भएतापनि उनीहरुले उठाएका मागहरुका सम्बन्धमा भने कुनैपनि निकायबाट पहल भएको देखिएको छैन ।

विज्ञापन
सहारा क्लिनिक तथा
गौरव फार्मेसी
गल्ली नं. ४, माछापुच्छ्रे बैंक अगाडि, महेन्द्रनगर
विशेषज्ञ सेवा
TRUSTED HEALTH CARE
छाला रोग जोर्नी / बाथ सुगर / मुटु शल्यक्रिया नाक कान घाटी स्त्री रोग
099-590279
9766985464
saharaclinic555@gmail.com

लोकतान्त्रिक जेन्जी फोरमले सुरेन्द्र भण्डारीको संयोजकत्वमा देशभरिको लागि प्रतिनिधि तोकेको छ । सुदुरपश्चिम प्रदेशमा महेन्द्रनगरका युवा विद्यार्थी दिपक पाठकलाई संयोजक तोकेको छ भने कोशी प्रदेशको प्रतिनिधिमा मोरङका पोषण आचार्य, मधेश प्रदेशको प्रतिनिधिमा धनुषाका सागर यादव, बागमति प्रदेशको प्रतिनिधिमा ललितपुरकी रिजा थापा, गण्डकी प्रदेशको प्रतिनिधिमा कास्कीका सागर पौडेल, लुम्बिनि प्रदेशको प्रतिनिधिमा रुपन्देहीका किरण पाठक  र कर्णाली प्रदेशको प्रतिनिधिमा सुर्खेतकी सुजिता रोकायालाई प्रतिनिधिमा सर्वसम्मत चयन गरेको छ ।

राष्ट्रियता, लोकतान्त्रिक मूल्य–मान्यता, समावेशिता, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, प्रेस स्वतन्त्रता, नागरिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिका लगायत लोकतन्त्रका मूल आधार स्तम्भहरूलाई जुनसुकै बहानामा हुने आक्रमण र षड्यन्त्रविरुद्ध उभिँदै लोकतन्त्रप्रति आस्था राख्ने सम्पूर्ण जेन–जेड युवालाई एकिकृत गर्न फोरम गठन गरिएको फोरमका केन्द्रिय संयोजक टोलीले बताइएको छ।